Public Pana
संघीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन् : राष्ट्रपति पौडेल

 राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने प्रतिवद्धता जनाए ।  नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीको भेलालाई सम्बोधन गर्दै  राष्ट्रपति पौडेलले सो प्रतिवद्धता जनाएका हुन् ।  

उनले भने  “म तपाईहरूलाई के विश्वास दिलाउन चाहन्छु भने मेरो तागतले भ्याएसम्म र म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन ।” उनले आफूलाई संविधानले दिएको ज़िम्मेवारी निष्ठापूर्वक पालना गर्ने प्रतिवद्धता पनि प्रकट गरे । 

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीको महत्वपूर्ण भूमिका रहेको  बताए ।  उनले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकतामा जोड दिए । ।  

स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update