Public Pana
राष्ट्रियसभा निर्वाचन : माओवादीले माग्यो उम्मेदवारको  नाम

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारहरूको प्रस्तावित नाम पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । यसरी सिफारिस पठाउँदा प्रदेशहरू एवं ज.व.स./मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम पठाउनुपर्ने माओवादीले जनाएको छ ।  

 

 

‘राष्ट्रियसभा सदस्यको रिक्त पदमा यही माघ ११ गते हुन गइरहेको निर्वाचनको लागि सबै प्रदेशहरू एवं ज.व.स./मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउन सबै प्रदेशहरू एवं ज.व.स./मोर्चाहरूलाई निर्देशन पठाउने’, माओवादीले पदाधिकारी बैठकपछि मातहतका कमिटीमा बिहीबार पठाएको सर्कुलरमा भनिएको छ । 

राष्ट्रिय सभा निर्वाचनमा हुने भागबन्डामा माओवादीले सत्ता गठबन्धनबाट ५ वटा सिट पाउने सम्भावना छ । सोहीअनुसार माओवादीले आफ्नोतर्फबाट उम्मेदवार टुङ्गो लगाउनका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो । 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update