Public Pana
बेलुकाको खाना चाँडै  खानुस् यस्ता  हुन्छन फाइदै फाइदा !


धेरै मानिसहरुको साँझ पख ढिलो गरेर खाना खाने बानी हुन्छ । बेलुका र बिहान नै मानिसहरुले ढिलो गरेर खाना खाने गर्छन्।

साँझको खाँना  धेरैले रातीसम्म खाने गरेपनि त्यसको गम्भीर समस्यावारे कतिपयलाई थाह नहुन सक्छ । आर्युवेद विज्ञानले समेत सुर्यास्तको समयपछि खाना खानु शरीरका लागि हानियुक्त हुने दावी गरेको छ। 
 
त्यसैलदे बेलुका चाडै खाना खानु धेरै फाइदाजनक हुन्छ । सकेसम्म बेलुका ढिलो गरी खाना नखाएकै राम्रो हुन्छ ।  स्वास्थ्यको दृष्टिले चाँडै खाना खाँनु राम्रो हुन्छ । 

बेलुकाको सुर्यास्त अघि नै खाना खाँदा निकै फाइदाजनक हुने बिज्ञहरुको दावी छ । बेलुका खाना चाँडै खाना खाँदा यस्ता छन् फाइदै फाइदा : 

१‍ ‍‍. तौल नियन्त्रणमा रहन्छ: यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन।

२. छाति पोल्दैन: अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ। यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाति पोल्ने समस्या आउन सक्छ। चाँडै खाना खानुहुन्छ भने यो समस्या आउँदैंन।

३. अधिक उर्जा पाउँन सकिन्छ: बेलुकाको खाना अबेर खाने हो भने बिहानको नास्ता खान त्यति मन लाग्दैन, जसबाट दिनभर उर्जाको कमी हुन सक्छ। यसविपरित चाँडै खाना खाने हो भने बिहान नास्ता राम्ररी रुच्छ र शरीरले उर्जा पाउँछ।

४. हल्का महसूस हुन्छ: यदि बेलुकाको खाना सही समयमा खाइन्छ भने अर्को दिन भोक लाग्छ र समयमै तपाईंले खाना खानुहुन्छ। रुटीनमा खाना खानाले पेट हल्का हुन्छ र ग्यासको समस्या पनि हुँदैंन।

५. गहिरो निन्द्रा पर्छ: राति ढिला खाना खानाले निन्द्रा पनि ढिलै लाग्छ र निद्रा पूरै लाग्दैन। यसविपरित चाँडै खाना खानाले निद्रा नआउने समस्या केही हदसम्म कम गर्न सकिन्छ र यसबाट शरीरको चक्र पनि व्यवस्थित हुन्छ।

६. पाचनका लागि बढी समय उपलब्ध हुन्छ: जति खाना खायो, उति नै पच्नुपनि पर्छ। खाना खाएपछि त्यसलाई पच्न समय लाग्छ। यदि चाँडै खाना खाने हो भने त्यसलाई पचाउने समय पनि पाइन्छ र यसबाट बिहान ताजा अनुभूति पनि हुन्छ। तर, ढिला खानाले रातभर सुतेपछि पनि पाचनप्रक्रिया चलिरहन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ।

७. पेटको रोग कम हुन्छ: सही समयमा खाना खानाले पूर्ण रुपमा पच्छ, यसबाट पेट सधैं सफा रहन्छ। पेट दुख्ने, ग्यास र अपचको समस्या पनि हुँदैंन। यसका अलावा छाला पनि चम्किलो हुन्छ।

 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update