Public Pana
अख्तियारले चुनढुङगा अवैध उत्खननमा ९ ब्यवसायीसहित १८ विरुद्ध सर्वाेच्चमा दायर गर्याे भ्रष्टाचारको मुद्दा

अख्तियारले चुनढुङ्गा उत्खनन्मा भ्रष्टाचार गरेको भन्दै नेपाल उधाेग वाणिज्य महासघका पुर्व उपाध्यक्ष पशुपती मुरारकासहित विरुद्ध  सर्वाेच्चमा भ्रष्ट्ाचार मुद्दा दायर गरेकाे छ।आयोगले दायर गरेको मुद्दामा  उद्योगीलाई विशेष अदालतबाट  दिईएकाे सफाइ बदर हुनुपर्ने माग गरिएकाे छ।

एक वर्षमा उत्खनन् गर्न अनुमति पाएको भन्दा बढी परिमाणमा चुनढुङ्गा उत्खनन् गरेको भन्दै अख्तियारले ९ उद्योगीसहित १८ जनाविरुद्द दायर गरेको  थियाे । मुद्दामा विशेष अदालतले सबैलाई सफाइ दिएको थियो । विशेषको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारले सफाइ पाएका सबै आरोपितविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो । 

विशेष अदालतको फैसलालाई त्रुटीपूर्ण भन्दै अख्तियारले सर्वोच्चमा बिहिबार पुनरावेदन निवेदन दिएकाे र शुक्रवार अनुमति पाएकाे   हो । अख्तियारले अनुमतिभन्दा बढी मात्रामा चुनढुङ्गाको उत्खनन् गरेको, प्राकृतिक स्रोतको दोहन हुँदा राज्यलाई घाटा लागेको, राजस्व चुहावट गरेको अवस्थामा समेत विशेष अदालतले आरोपितहरुलाई सफाइ दिनु गलत भएको अख्तियारको दाबी छ ।

अख्तियारले विशेष अदालतको फैसला बदर गरि आफ्नो माग अनुसार फैसला गरी सजाय र बिगो कायम गराउन माग गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ उद्योगका सञ्चालक र खानी तथा भूगर्भ विभागका महानिर्देशक र अन्य कर्मचारीसहित १८ जना विरुद्द २०७८ माघ १२ गते भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । अख्तियारले १ अर्ब २६ करोड १९ लाख रुपैयाँ बिगो माग गरेकाे थियाे। तर विशेषले प्रमाण नपुगेकाे भन्दै सफाई दिने फैसला सुनाएकाे हाे।

सफाइ पाउनेहरुमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका सद्धार्थ मिनरल्स प्रा.लि.का सञ्चालक पशुपति मुरारका, सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने, मारुती सिमेन्ट लिमिटेडका शरद गोयल, अन्नपूर्ण क्वायरिजका ऋषि अग्रवाल, उदयपुर मिनरल्सका प्रबलजंग पाण्डे, युनाइटेड सिमेन्टका नरेश दुगड, सोनापुर मिनरल्सका निपेश तायल, कञ्चभन क्वेरिजका भीमबहादुर थापा क्षेत्री र डोलोमाइट चुनढुंगा उद्योगका मानबहादुर श्रेष्ठ थिए । 

त्यस्तै, खानी विभागका कर्मचारीहरुमा महानिर्देशक रामप्रसाद घिमिरे, माइनिङ इञ्जिनियर जयराम घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, इञ्जिनियरहरु प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी, भूगर्भविद डा. सौनक भण्डारी थिए ।

अख्तियारले दायर गरेको मुद्दामा सिद्धार्थ मिनरल्सका पशुपति मुरारका विरुद्ध ४९ करोड ४५ लाख, सर्वोत्तम सिमेन्टका विष्णुप्रसाद न्यौपाने विरुद्ध १६ करोड ३१ लाख, मारुती सिमेन्टका शरद गोयल विरुद्ध २० करोड ५० लाख, अन्नपूर्ण क्वेरिजका ऋषि अग्रवाल विरुद्ध ११ करोड १७ लाख, उदयपुर मिनरल्सका प्रबलजंग पाण्डे विरुद्ध १ करोड ७९ लाख, युनाइटेड सिमेन्टका नरेश दुगड विरुद्ध ९ करोड ६९ लाख, सोनापुर मिनरल्सका निपेश तायल विरुद्ध ६ करोड ९८ लाख बिगो दाबी सहित मुद्दा दायर गरेको थियो ।

तर, विशेष अदालतले गत चैत ३ गते उनीहरुलाई सफाइ दिएको थियो । अख्तियारले पुनः उनीहरु सबै आरोपितविरुद्द पूरानै बिगो कायम गरि सर्वोच्चमा पुनरावेदन गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update