
प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिले एनसेल आजियाटा कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई पत्र पठाएको छ ।
मलेसियास्थित ऐनसेल आजियाटाको सिइओलाई त्यहाँस्थित नेपाली दूतावासमार्फत पत्र पठाइएको अर्थ समितिका सभापति सन्तोष चालिसेले वताए। उनले शेयर विक्री किन जानकारी नदिई गरिएकाे र नेपालमा करकाे दायित्व वारेपनि समितिले प्रश्न साेधेकाे सभापति चालिसेले बताए
यसअघि इमेलमार्फत गरेको पत्राचारको जवाफ नआएपछि मलेसियामा रहेको दूतावासमार्फत पत्राचार गरिएको सभापति चालिसेले बताए । हामीले लिखितम् सहित आउन र कुन व्यवस्था अनुसार एनसेलको शेयर खरिद बिक्री गरेको हो त्यसको हुबहु सामग्री सहित आऊ भनेका छौँ ।’
त्यस्तै दुरसञ्चार प्राधिकरण र अान्तरिक राजश्व कार्यालयलाई पनि अाफुसग भएका जानकारीहरु लिएर छलफलमा अाउन भनेकाे उनले बताए।