Public Pana
बसपार्कका होटल संचालकको यौनधन्धा :१४ बर्षकी बालिकालाई देखाएर ग्राहक बोलाउथे !

काठमाण्डौ बसपार्कस्थित होटलले काम दिने प्रलोभनमा बालिकालाई यौनजन्य काममा लगाएको पाइएको छ ।

प्रहरीले काम दिने प्रलोभनमा यौनजन्य कार्यमा लगाउने बसपार्कस्थित एक होटलका म्यानजरलाई पक्राउ गरेपछि उक्त प्रकरण बाहरिएको हो । 
काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा म्यानेजरको काम गर्ने नुवाकोटका सुमन तामाङलाई मानव बेचबिखन ब्युरोको टोलीले पक्राउ गरेको हो।

उक्त होटलबाट प्रहरीले चार जना बालिकालाई पनि उद्धार गरेको छ । उद्धार गरिएका १४ देखी २० बर्षसम्मका छन् । होटलमा वेटरको जागिर दिने भन्दै लगेर उनीहरुलाई जर्वजस्ती यौनधन्धामा लगाउने गरेको पाइएको प्रहरीको दावी छ ।

प्रहरीले यो घटनापछि बसपार्कस्थित अन्य गेष्टहाउसहरुलाई पनि निगरानीमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ परेका ४ बालिकाहरुलाई होटल संचालकले ग्राहकसँग मोलमोलाई गरि रोजेर यौनकार्यमा पठाउने गरिएको पाइएको मान बेचबिखन ब्युरोका प्रवक्ता कृष्णप्रसाद पगेनीले जानकारी बताए । 

उक्त होटलका संचालक र म्यानेजर मिलेर अन्य होटलमा समेत यौनकार्य गर्न ती बालिका पठाउने गरेको समेत पाइएको  पंगेनीले बताए । 

बालिकाहरुलाई होटल संचालहरुले जर्वजसती यौनजन्य कार्यमा लगाइको सूचना प्राप्त भएपछि प्रहरीले छापा मारि उक्त होटलका म्यानेजरलाई पक्राउ गरि बालिकाको उद्धार गरेको हो ।

होटल संचालक फरार रहेको र उनको खोजी भइरहेको व्युरोले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update