नेपाल टेलिकमले सेयरधनीका लागि ४० प्रतिशत नगद लाभांश दिने
1686811440.jpg)
नेपाल टेलिकमले सेयरधनीका लागि ४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।
नगद लाभांश स्वीकृतिका लागि अर्थ मन्त्रालयमा लेखी पठाउने निर्णय भएको टेलिकमले जनाएको छ ।
मन्त्रालयको स्वीकृति र टेलिकमको साधारणसभाबाट प्रस्ताव पारित भएपछि सेयरधनीले नगद लाभांश पाउने छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८० १२:४१
प्रतिक्रिया दिनुहोस्