
सर्वाेच्च अदालतमा नया नियुक्त भएका ६ न्यायाधिशलाई पेशी ताेकिएकाे छ। विहिवार प्रधानन्यायाधिश विश्वभरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष शितल निवासमा सपथ गराएका थिए।
यसरी सपथ लिएका उनीहरुले शुक्रवार कार्यभार सम्हाल्दै पेशीकाे गाेलामा भाग लिए। गाेलाप्रथावाट ताेकिएकाे पेशीमा सवैधानिक सहित ८ वटा ईजलास ताेकिएकाे छ । कुल ३७१ थान मुद्दाको पेशी रहेकाे छ।
न्याय परिषदले उच्च अदालतमा कार्यरत ४ र बरिष्ठ अधिवक्तावाट २ जनाकाे नाम सिफारिस गरेकाे थियाे। उक्त सिफारिस सविधानकाे ब्यवस्था अनुसार ससदिय सुनुवाईका लागि पठाईएकाे थियाे। ससदिय समितिले सुनुवाई गर्दै सर्वसहमतीले अनुमाेदन गरेर नियुक्तीका लागि राष्ट्रपति समक्ष पठाएकाे थिया्े। राष्ट्रपती पाैडेलले नियुक्ती दिएपछि सपथ गराईएकाे हाे। याे सगै सर्वाेच्चमा २० न्यायाधिश भएकाछन्। अब एक पदमात्र रिक्त छ।