Public Pana
टिपर दुर्घटनामा परि एकको मृत्यु, दुई गम्भीर

पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पा रिव्दीकोट गाउँपालिका–३, का ३० वर्षीय विष्णु ढकाल रहेका छन् ।

यस्तै, दुर्घटनामा परी दाङ जिल्ला घोराही उपमहानगरपालिका–३, का ३२ वर्षीय यमराज पुन र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–५, का ३५ वर्षीय हिमाल घर्ती गम्भीर घाइते  भएका छन् । घाइते दुबै जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार बेलुकी ८ः१५ बजे गुल्मीबाट पाल्पातर्फ आइरहेको रा १ ख २४०४ नम्बरको टिपर उकालोमा व्याक भई सडकदेखि १५० मिटर तल खसेको थियो ।

टिपर चालक घोराही–१६ का अजय चौधरी भने सकुशल रहेको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update