Public Pana
नेपाल वायुसेवा निगमले  गर्याे  पाँचवटा जहाज विक्री प्रक्रिया शुरु

 काठमाडाै- नेपाल वायुसेवा निगमले पुराना पाँचवटा जहाज लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ । चीनबाट विसं २०७१ मा आन्तरिक उडान प्रयोजनका लागि ल्याइएका दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलाम बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

पौडेलले भने, “जहाज लिलाम बिक्रीका लागि बिहीबार गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । आउँदो फेब्रअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद रहेको छ ।”

उनका अनुसार लिलाम बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएका जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेडमा रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update