Public Pana
अन्तर्घात अन्त्य गरेर कांग्रेसलाई भरसक ठूलो पार्टी बनाऔँ : शेरबहादुर देउवा

काठमाडाै- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्घात अन्त्य गरेर कांग्रेसलाई भोलिका दिनमा भरसक ठूलो पार्टी बनाउन आह्वान गरेका छन्। 

बिहीबार कांग्रेसको मधेस अधिवेशनमा सम्बोधन गर्दै उनले अहिलेको समानुपातिक र समावेशी प्रणालीका कारण कसैको पनि बहुमत आउने सम्भावना धेरै कम रहेको बताए।

अहिले कांग्रेस जसरी सबैभन्दा ठूलो पार्टी छ, आगामी दिनमा पनि ठूलो पार्टीको रुपमा स्थापित गर्न जनकपुर र मधेस प्रदेशबाटै अगाडि बढ्नेछ भन्ने विश्वास व्यक्त गरे।

 

सोही कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री गगन थापाले कांग्रेसले अर्को चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने दोहोर्‍याएका थिए।

'लेखेर राख्नूस्, कुनै पनि कांग्रेसले अर्को चुनावमा छाता ओड्नेवाला छैन। कुनै पनि कांग्रेसले अर्को चुनावमा साइकल चलाउनेवाला छैन। हँसिया हथौडा बोक्नेवाला छैन। कांग्रेसले केवल रुख हेर्नेवाला छ। रुखमा छाप लगाउनेवाला छ। गाछीमा छाप लगाउने कांग्रेस बनाउनुपर्ने छ,’ उनले भनेका थिए।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update