Public Pana
काग्रेसकाे मधेश सम्मेलनमा  विवाद  : मर्यादा मिचेकाे भन्दै बिमलेन्द्र नीधि मञ्चमै गएनन्

जनकपुर - नेपाली कांग्रेस मधेस प्रदेशको पहिलो सम्मेलन जनकपुरधाममा सुरू भएसगै विवाद पनि सतहमा आएकाे छ।  बिहीबार दिउँसो सम्मेलनको उद्घाटन सत्र चलिरहेको समयमा दुई पक्षकाे विवाद सार्वजिनक रुपमै मञ्चमा देखिएकाे हाे ।  सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गरेपनि असन्ष्ट पक्षले असहमती राखेका छन् ।  

सम्मेलनमा सभापति देउवासहित केन्द्रीय पदाधिकारीहरू पुगेका  थिए भने पदाधिकारीहरूलाई मञ्चमा राखिएको थियाे । तर  पूर्वउपसभापति विमलेन्द्र निधि पनि सम्मेलनमा सहभागी भएपिन मञ्चमा बस्न मानेनन् । निधि मञ्चमा नबसी दर्शकदीर्घामा बसेका छन्।

मर्यादाक्रम मिचेर नेताहरूको आसनग्रहण गराइएको भन्दै निधि मञ्चमा जान नमानेका हुन्।  

प्रदेश महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ श्रेष्ठले नेताहरूलाई मञ्चमा आसनग्रहणका लागि पटक-पटक आग्रह गरेका थिए। निधिको नाम पटक-पटक लिए पनि उनी मञ्चमा गएनन् । यसैबीच नेता शेखर कोइराला पनि मधेस सम्मेलनमा गएका छैनन्।

सभापति देउवापछि वरीयता (विशिष्ट अतिथि) नबनाएको भन्दै कोइराला पक्षका ८ जना नेताले बुधबारको बैठकमा फरक मत राखेका थिए। कोइराला आज सुनसरीकाे कार्यकर्ता भेटघाटमा छन्।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update