
चर्चित उद्यमी एवं साहित्यकार बसन्त चौधरी अव कार्यक्रम संचालकको भूमिकामा देखिने भएका छन् ।
चौधरी ग्रुपको स्वामित्वमा रहेको सिजि इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि संचालन गर्न लागेको यु–ट्युव च्यानलमा चौधरीले मनका कुरा विथ बसन्त चौधरी नामक कार्यक्रम संचालन गर्न लागेका हुन ।
आगामी शुक्रवार पौष ६ गतेबाट नियमित रुपमा साँझ ८ बजेदेखी प्रसारण हुने कार्यक्रममा उद्योगपति एवं साहित्यकार चौधरी प्रस्तोताको भूमिकामा देखिने छन् ।
अहिलेसम्म संचार माध्याममा अन्र्तवार्ता दिने गरेका चौधरीलाई अव विभिन्न क्षेत्रका मूर्धन्य व्यक्तित्वहरुसँग अन्तरङ्ग कुराकानी गर्ने कार्यक्रम संचालकको भूमिकामा दर्शकहरुले हेर्न पाउनेछन् ।
शुक्रबारबाट प्रसारण हुने उक्त कार्यक्रमवारे जानकारी दिन सिजि इन्टरटेनमेन्टको यु–ट्युव च्यानलबाट सार्वजनिक गरिएको प्रोमोमा चौधरीले निकै उत्प्रेरक ओझपुर्ण प्रस्तुती दिदै भनेका छन् “जीवन एउटा यात्रा हो, जीवन यात्राका क्रममा धेरै ट्टिवस्टहरु हुन्छन, जुन केही हामीले चाहन्छौ, केही हामी गर्न चाहन्नौ, तथापी आफुले चाहेको गन्तव्यमा पुग्न अनवरत प्रयत्न गरिनैरहनुपर्छ ।
अनवरत प्रयत्नका कारण आफुले व्यापार, व्यवसाय वाहेक आफ्नो मनले रोजेको श्रृजना यात्रामा केही पाइला हिड्न सकेको भन्दै उनले गीत संगितले आफुलाई छुट्टै पहिचान दिएको उल्लेख गरेका छन ्।
उनले आफ्नो प्रस्तुतीवारे जानकारी दिदै भनेका छन, मलाई तपाईको मनको कुरा सुन्न मन लाग्यो, तपाईका मनका कुरा अरुलाई पनि सुनाउन मन लाग्या,े नमस्ते म बसन्त चौधरी सिजी इन्टरटेनमेन्ट च्यानलमा हरेक शुक्रवार साँझ ८ बजे मनका कुरा विथ बसन्त चौधरी लिएर आउँदैछु हेर्न नर्विसिनुहोला ।
हरेक दिन नयाँ खुराक प्रस्तुत गर्ने योजना अनुसार आउँदो शुक्रवारदेखी मनका कुरा विथ बसन्त चौधरी नामक कार्यक्रम प्रसारण हुन लागेको सिटि इन्टरटेनमेन्टका सह–अध्यक्ष हरिहर शर्माले जानकारी दिए ।
अग्रेजी नयाँ बर्ष २०२४ देखी सिजि इन्टरटेनमेन्टले आफ्ना कार्यक्रमलाई अझै विस्तारित गर्ने क्रममा श्रव्य दृश्यका अन्य सामाग्री पनि तयार गर्ने शर्माले बताए ।
निजी अस्पतालतर्फ मुलुककै अग्रणी हस्पिटलको रुपमा पहिचान बनाएको नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक अध्यक्ष समेत रहेका चौधरीले कार्यक्रमका दौरान विभिन्न व्यक्तित्वहरुलाई ल्याएर उनीहरुको सर्घष र जीवन यात्रा आरोह–अवरोह पस्किने बताएका छन् ।