Public Pana
माओवादीले फागुनको पहिलो साता बिधान सम्मेलन गर्ने

माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ।

बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकले बिधान सम्मेलनका लागि मस्यौदा तयार पार्न पार्टी उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा  विधान मस्यौदा समिति गठन गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । 

सापकोटाका  अनुसार समितिमा  महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की सदस्य छन्।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update