जव पोखराबाट उड्नै लाग्दा बुद्ध एयरको जहाजको इमरजेन्सी ढोका अचानक खुल्यो .......

पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका अकस्मात खुलेको छ ।
पोखराबाट बिहान ९ बजेर ४० मिनेटमा काठमाडौं उड्न लागेको उडान नं ६५२ को जहाजको आकस्मिक ढोका अचानक खुलेपछि त्यसभित्र रहेका यात्रु र चालक दलहरु समेत अत्तालिएका थिए ।
ढोकाको छेउँमा बसेका यात्रुकै कारण ढोला खुलेको हो वा अन्य कुनै कारणले खुलेको भन्नेवारे अहिले बिमानस्थल सुरक्षाकर्मी र बुद्ध एयरका कर्मचारीहरुले अनुसन्धान गरिरहेको बुद्ध एयरले जनाएको छ ।
विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाह पाएपछि जहाजलाई पनि ट्याक्सी वेमा लगेर यात्रुलाई ओरालिएको थियो ।
उक्त जहाजबाट काठमाण्डौ आउने यात्रुलाई अर्को जहाजबाट काठमाण्डौ पठाइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८० ११:२१
प्रतिक्रिया दिनुहोस्