Public Pana
काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झर्यो

काठमाडाै- काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।

 

 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीले गएरातिदेखि अहिले बिहान ७ बजेसम्म पनि न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको जानकारी दिए  । काठमाडौंको हकमा यो यस वर्षको अहिलेसम्मकै कम रेकर्ड हो ।

काठमाडौंको तापक्रम अझै घट्ने सम्भावना रहेको उनले बताए । ‘तापक्रम अझै घट्न सक्ने अनुमान छ । हाम्रो अर्को आधिकारिक रेकर्ड पौने ९ बजे सार्वजनिक हुन्छ,’ अधिकारीले भने ।

 

देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सुझाव दिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update