Public Pana
राष्ट्रपति गरे सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्ती

राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा छजना न्यायाधीश नियुक्त गरेका छन् । 
राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा  परि संसदिय सुनुवाई भएका उच्च अदालतका न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरू ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेका हुन् । 
न्यायाधीशमा नियुक्ति पाउनेमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाल छन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संसदिय सुनुवाई समितिवाट अनुमोदन भएकाहरुलाई नियुक्ती गरिएको उल्लेख गरेको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले  उनीहरुको नियुक्ती भएको जानकारी दिएकी हुन् ।

अव प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले उनीहरुलाई सपथ खुवाउने छन् । सपथपछि उनीहरुले जिम्मेबारी सम्हाल्ने छन् । यो सगै सर्वोच्चमा २० न्यायाधीश हुने छन् ।

judge appoinment1703069824.jpg

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update