मन्त्रिपरिषद्को निर्णय
उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ

सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ ।
आज बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सो मूल्यमा ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।
बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षासमेत भएको उनले बताइन् ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८० १४:५९
प्रतिक्रिया दिनुहोस्