Public Pana
बेल्जियम गोलकिपर कोर्टोवासद्धारा युरोकप नखेल्ने घोषणा

बेल्जियम राष्ट्रिय फूटबल टोलीका नम्बर वान गोलकिपर थिबाउड कोर्टोवासले ६ महिनापछि जर्मनीमा शुरू हुने युरोकप नखेल्ने घोषणा गरेका छन् ।

यसको जानकारी एउटा बेल्जियन सञ्चारमाध्यमसँगको उनी आफैँले दिएका हुन् । ‘घाइते भएका कारण म युराकपमा हुनेछैन,’ उनले भनेका छन् ।

कोर्टोवास गत असस्टमा घाइते भएका थिए । तर उनी आगामी २०२४ को जुनसम्म पनि ठीक नहुने भएका हुन् । 
आगामी वर्षको जुन १४ मा शुरू हुने प्रतियोगितामा बेल्जियम समूह ‘ई’मा छ । यस समूहमा रोमानिया, स्लोभाकिया र प्ले अफको विजेता एक टोली रहनेछन् ।

सन् २०१८ को विश्वकपमा बेल्जियमले अहिलेसम्मकै सबैभन्दा राम्रो नतिजा ल्याउँदै तेस्रो स्थान हासिल गरेको थियो । यसमा कोर्टोवासको योगदान महत्वपूर्ण रह्यो ।

उनी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

यही प्रदर्शनका आधारमा युरोपको सबैभन्दा सफल क्लब रियल म्याड्रिडले कोर्टोवासका लागि महंगो मूल्य खर्चिएको थियो ।

युरोकपमा उनको अनुपस्थिति बेल्जियमका लागि खड्किने छ ।
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update