सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ।
समितिको आज बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका सवैको नाम अनुमोदन गरेको हो।
न्यायपरिषदले गत मंसिर ५ गते सिफारिस गरेका सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेललाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेको हो ।
अनुमोदन गरिएका मध्ये केही न्यायाधीशमाथी उजुरी परेपनि समिति सदस्यहरुले सामान्य सवाल जवाफ गरेर उनीहरुकोे सिफाारिसलाई वैद्यता दिएको हो ।
सामान्यतः संसदीय समितिले कुनैपनि संवैधानिक नियुक्तीमा हुने सिफारिसलाई बदर गर्ने हैसियत राखेको छैन । समितिमा आउने उजुरीलाई सामान्य रुपमा लिएर समिति सदस्यहरुले सिफारिस पदाधिकारीलाई सवालजवाफ गर्ने चलन छ ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८० १३:३३
प्रतिक्रिया दिनुहोस्