Public Pana
अशोक राईलाई ब्याक गरेर उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्न उपेन्द्र यादवको कसरत

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव फेरी उपप्रधानमन्त्रीसहित मन्त्री बन्न दौडधुप शुरु गरेका छन् ।

बाराबाट उपनिर्वाचन जितेका अध्यक्ष यादवले पार्टीबाट शिक्षामन्त्री भएका अशोक राईलाई ब्याक गरेर आफु मन्त्री बन्न कसरत शुरु गरेका हुन ।

अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर आफुलाई उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बनाउन प्रस्ताव गरेको स्रोतको भनाई छ ।

जसपा पार्टी स्रोतले भन्यो ः उहाँले शिक्षामन्त्री अशोक राईलाई फिर्ता बोलाएर आफु मन्त्री बन्न पार्टीमा आफु निकटहरुसँग छलफल गर्नुभएको छ, उहाँको योजना उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बन्ने छ, यस बिषयमा उहाँले प्रधानमन्त्रीसँग पनि कुराकानी गर्नुभएको छ ।

स्वास्थ्यमन्त्री कंग्रेसको भागमा परेकाले उपसहित शिक्षामै जान प्रधानमन्त्रीले सुझाव दिएपनि अध्यक्ष यादवको चाहना स्वास्थ्यमा भएको उनी निकट स्रोतको दावी छ ।

कंग्रेससँग  सल्लाह गरेर आफुलाई स्वास्थ्य मन्त्रालय दिन अध्यक्षज्यूले आग्रह गरेको र प्रधानमन्त्रीले अव एकै पटक मन्त्रीमण्डल हेरफेर गर्दा मिलाउला भन्ने आश्वासन दिनुभएको प्रधानमन्त्री निकट स्रोतको भनाई । 

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रधानमन्त्री भएको एक बर्ष पुग्नै लाग्दा सत्ता गठबन्धन दलहरुले मन्त्रिमण्डल हेरफेरका लागि नेतृत्वलाई दवाव दिदै आएका छन् ।

अवको हेरफेरमा उपेन्द्र यादवलाई भनेकै मन्त्रालय दिएर सरकारमा सहभागी गराउने योजना प्रधानमन्त्री दाहालको छ । 

संसदीय निर्वाचनमा चुनाव हारेका यादव बारा क्षेत्र न. २ मा भएको उपनिर्वाचनमा बिजयी भएर पुनः संघिय संसद बन्न सफल भएका हुन । 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update