Public Pana
२८ दिनभित्र मेलम्चीको पानी उपत्यकामा वितरण हुने दावी 

काठमाडाै- मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण हुने दाबी गरेको छ। 
समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै आकस्मिक रुपमा केही नभए अबको २८ दिन भित्रमा  आउने दावी गरे । मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दलले काठमाडौँ उपत्यकामा वितरण गर्ने उनले दावी गरेका छन् । 
पन्तले जारी गरेको विज्ञप्तिमा पानी वितरणका लागि २८ दिनको द्रुत कार्यतालिका बनाएर २ सिफ्टमा काम गर्नेगरी जनशक्ति परिचालन गरिएको उल्लेख छ।  बाढी पहिरोले आयोजनामा क्षति पुगेको भन्दै गएको असार ८ गतेदेखि आयोजनाले काठमाडौँ उपत्यकामा पानी वितरण रोकेको थियो । 
आयोजनाले क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने जनाएको थियो। तर, पुस लाग्दासमेत पानी वितरण हुन सकेको छैन।  
सरकारी निकायको ढिलासुस्तीको कारण ६ महिनामा पनि पानी वितरण नभएपछि काठमाडौँमा चर्को विरोध हुन थालेको छ। 
दुई दिनअघि उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीको पानी छिटो काठमाडौँ ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको थियो। 
जनस्तरबाट भएको विरोधले समिति गम्भीर बनेको भन्दै पन्तले यसबाट आफूहरु गम्भीर बनेको जनाएका छन्। 
भ्रेमाथानको पहिरोपछि मेलम्ची हिउदमात्र काठमाडौ ल्याउने काम हुदै आएको थियो ।  मेलम्चीसगै लार्के र याङ्गग्रीसमेत ल्याउने योजना सरकारले अघि सारेपछि भ्रेमाथान बाढीपछि मेलम्चीकै भविष्य अन्योलमा परेको थियो ।  

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update