Public Pana
मन्त्री फेर्ने कसरत गरेका प्रधानमन्त्रीले दिए उपत्यका बाहिर नजान मन्त्रीहरुलाई निर्देशन 

काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस १० गतेसम्म मन्त्रीहरुलाई अनिवार्य काम बाहेक उपत्यका बाहिर जाने कार्यक्रम नराख्न निर्देशन गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले मन्त्रीमण्डल परिर्वतन गर्ने विषयमा छलफल गर्न र सरकारको एक वर्षको उपलव्ध सार्वजनिक गर्नका लागि जरुरी छलफल हुने भन्दै यस्तो निर्देशन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले १० गते  आफ्नो एक वर्षे कार्यकालको समिक्षा गर्दै विशेष सम्बोधन गर्ने तयारी पनि गरेका छन्। त्यसअघि नै उनले आफ्नो दोस्रो वर्षको कार्यकाल पहिलो वर्ष जस्तो नहुने सन्देश दिनेगरी केही स्टेप चाल्न  खोजिरहेका प्रधानमन्त्री सचिवालयको दावी छ। 
प्रधानमन्त्री प्रचण्डले आशाबिना कुनै पनि राष्ट्रले प्रगति नगर्ने बताउँदै आफू त्यतातिर लागेको बताउँदै आएका छन्।  आशा विना कुनै पनि देशले प्रगति गर्न सक्दैन भन्दै प्रधानमन्त्री प्रचण्डले होप क्रियट गर्नुपर्ने चुनौतीपूर्ण दायित्व रहेको भन्दै आएका थिए । 
अहिले मन्त्रीमण्डलमा रुहेका धेरैले आशा सिर्जना गर्न नसकेको प्रचण्डको बुझाइ भएपछि सरकार परिर्वतनको छलफल उनले थालेका छन् ।

 सत्ता गठबन्धनभित्र रहेका तथा आम जनताले अपेक्षा पनि गरेका नेताहरुलाई मन्त्रीका रुपमा भित्र्याउने चाहना प्रचण्डले अन्य दलका नेताहरु समक्ष राखेका छन्। एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले सेट नै फेर्ने कुरामा सहमति जनाएको बताइएको छ।

नेपाली कांग्रेसले मन्त्री फेर्ने मोडालिटीलाई लिएर अझै छलफल नगरेकाले राष्ट्रिय सभाको निर्वाचनसम्म फर्कन भनेको छ। 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update