Public Pana
मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्दै छ ।
बैठक सिंहदरवारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनःनिर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा बस्नेछ ।

भूकम्पले क्षति पु¥याएको सिंहदरवारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी तयार गरेकोमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकक्ष सारिसकेका छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनै सोही भवनबाट सञ्चालित छ ।

बुधवारको मन्त्रिपरिषद् बैठक पनि सोही भवनको बैठक कक्षमा बस्न लागेको हो । आज बिहान १० बजे प्रधानमन्त्री ‘प्रचण्ड’ले बैठक कक्षको अवलोकन गर्ने र ११ बजे सोही बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक बस्ने एक मन्त्रीले जानकारी दिए ।

यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्तो त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस् जाँगर आउने बताएका थिए ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update