Public Pana
मन्त्रीहरु हटाउने  मुडमा पुगे प्रधानमन्त्री प्रचण्ड, भित्रभित्रै कसरत जारी 

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको पुस १० गते एक वर्ष पुग्दै छ । तर यो अवधीमा सरकारका तर्फवाट उत्साहजनक काम गर्न नसकेपछि मन्त्रीमण्डल परिवर्तन गर्ने मुडमा प्रधानमन्त्री पुगेको उनी निकट उच्च स्रोतले वताएको छ।

प्रधानमन्त्रीले यसका लागि सत्ता गठवन्धनका दलहरु नेपाली कागेस,एकिकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरुका शिर्ष नेतासँग छलफल गरेका छन् । सामानान्तर रुपमा उनले नेपाली काग्रेसका युवा नेताहरुसँग पनि छलफल थालेका छन् । पछिल्लो समय उनले नेपाली काग्रेसका महामन्त्री गगन थापासँग पनि सरकारको प्रभावकारीता बारे छलफल गरेका छन् । 


एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगाको भेटका क्रममा सरकारको एक वर्ष अघि नै मन्त्रीमण्डल परिर्वतन गर्ने सहमती भएको एकिकृत समाजवादीका एक नेताले बताए । 
त्यस्तै प्रधानमन्त्री प्रचण्डले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेका थिए । यादवले आफू सरकारमा आउने इच्छा व्यक्त गरेका थिए । त्यसका लागि उनले उपप्रधानमन्त्रीसहित शिक्षा वा भौतिक पूर्वाधार दिनुपर्ने माग गरेका थिए । उनको दललाई शिक्षा मन्त्रीको जिम्मेबारी दिइएको छ।

असोक राईले शिक्षा मन्त्रालय चलाई रहेका छन् ।  तत्कालीन समयमा आफू निर्वाचनमा  पराजित भएका कारण यादवले राईलाई  पठाएका थिए । 
मन्त्रिमण्डल फेरबदलमा दुई मोडेल 
प्रचण्डले पुसभित्रै सबै मन्त्री फेर्न खोजे पनि सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको चुनाव कुर्न सुझाव दिएको छ। 

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा भने छिटो फेरबदल गर्नु पर्ने पक्षमा छन्।  
राष्ट्रिय सभाको चुनाव आउन एक महिना मात्रै बाँकी भएकाले कुर्न सक्ने सम्भावना पनि छ।  राष्ट्रिय सभामा सवै सिट सत्ता गठवन्धनलाई पार्नुका साथै अध्यक्ष समेत भागवन्डा गर्नुपर्ने तर्क काग्रेसको छ । तर सत्ता गठवन्धनका दलहरु भने अव एक वर्ष पुगेकाले अरुलाई पनि पठाउनुपर्ने मुडमा छन्  ।  
कसलाई हटाउन र सरकारमा भित्राउन  चाहन्छन् प्रचण्ड?

प्रधानमन्त्री प्रचण्ड एक वर्ष यसैतेसै बितेकाले अब गतिमान नेताहरूलाई मन्त्री बनाउन खोजिरहेका छन्। अहिले काम गरेका  सवैलाई  हटाउने   नयाँलाई मौका दिने प्रचण्डको मुड छ।   शीर्ष नेताबीच छलफल हुँदा केही नाम अहिलेबाटै चर्चामा छन्।

स्रोतका अनुसार माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र कांग्रेस महामन्त्री गगन थापा नयाँ मन्त्री बन्ने सम्भावना धेरै रहेका छ। उनीहरु क्रमश गृह र अर्थ बन्ने स्रोतको दावी छ। 
यी दुवै नेताले पछिल्लो एक महिनादेखि प्रधानमन्त्री प्रचण्डलाई प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गरिरहेका र अहिलेको अवस्थाका लागि उपयुक्त भएको उनीहरुको दावी छ।  
यदि कांग्रेसले अर्थ मन्त्रालय लिएमा गगन पनि बन्न सक्छन्। नभए, गृहमन्त्री बने पनि बनाउन माओवादीवाट वर्षमान तयार हुन भनिएको छ।  कांग्रेस सभापति शेरबहादुर देउवा पनि गगनलाई मन्त्री बनाउन तयार देखिएका केही नेताहरूको भनाइ छ।
प्रधानमन्त्रीले स्वास्थ्य,शिक्षा, सामान्य प्रशासन ,भौतिक,कृषि, कानुन लगायतका मन्त्रालयवाट उच्चस्तरको प्रर्दशन नगरेको ठहरमा छन् । 
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update