Public Pana
न्यायाधीशहरुको नाम अनुमोदन गर्न सुनुवाइ समितिको बैठक बस्दै

संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।

आज बुधबार सिंहदरबारमा बस्ने बैठकले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदनबारे निर्णय गर्नेछ ।

समितिले सोमबार प्रस्तावित सबै ६ जना न्यायाधीशको सुनुवाइ सकेको थियो ।

सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशको अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

गत मंसिर ५ गते बसेको न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update