Public Pana
माओवादीले फागुनमा विधान सम्मेलन गर्ने 

काठमाडौँ –  सत्तारुढ दल नेकपा माओवादी केन्द्रले फागुनको पहिलो हप्ता विधान सम्मेलन  गर्ने भएको छ। त्यसका लागि विधान मस्यौदा समिति बनाउने निर्णय पनि गरेको छ। । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा यी विषयमा छलफल भएको सचिव दीनानाथ शर्माले बताए । 
प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार महिने अभियानको समीक्षा, विधान सम्मेलनलाई मुख्य एजेण्डका रुपमा बैठकमा पेस गरेका थिए ।  बैठकमा सातै प्रदेशका इन्चार्जले समीक्षात्मक रिपोर्टिङ गरेका थिए ।
बैठकले विधान सम्मेलन, सांगठनिक संरचनामा बढी जोड दिएको  र माघको अन्तिम सातासम्म सम्मेलन गर्ने गरी छलफल भएको उनले बताए । 
उक्त मितिमा नभए फागुनको पहिलो हप्ता हुनेछ’, उनले भने, ‘विधान सम्मेलनको तिथि मिति तोक्न विधान मस्यौदा समिति बनाउने तयारी भइरहेको छ । तर यी लगायत एजेण्डाबारे बुधबार निर्णय हुन्छ ।’ यस्तै सरकारले राम्रो काम गरेपनि जनतामा स्थापित गर्न नसकेकोमा गुनासो पोखेका थिए । बैठकमा एनसिएल प्रकरणमा नेताहरूले प्रश्न उठाएपछि अध्यक्ष प्रचण्डले राज्यव्यवस्था तथा सुशासन समितिमा पेस गरेका विषय दोहो¥याएका र आफूले कर छलीमा एनसिएललाई कानुनी दायरमा ल्याउन पहल गर्दागर्दै पनि बदनाम गर्न खोजेकोमा गुनासो पोखेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update