Public Pana
पहिरोले मुग्लिन नारायणगढ सडक सडक अवरूद्ध, यात्रुहरुको बिचल्ली

लेदोसहितको पहिरोले सडक अवरुद्ध भएपछि मुग्लिन नारायणगढ सडकमा यात्रुहरुको बिचल्ली भएको छ । लेदोसहितको पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड  रातीदेखी सडक अवरुद्ध भएको हो । 

वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक दुईतर्फी अवरूद्ध भएको छ। सो सडक खण्डमा सर्याै सवारीको लाम लागेको  छ भने गन्तव्यतर्फ हिडेका यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् । 

लेदोसहितको पहिरो पन्छाउन सडक डिभिजन कार्यालय चितवनबाट डोजरसहितको टोली परिचालन गरिएको छ । 
बर्षा भएलगत्तै उक्त सडक खण्डमा पहिरोले सडक अवरुद्ध हुँदा यात्रुहरुको आवागमन निकै कष्टकर हुने गरेको छ भने यात्रा समेत जोखिमयुक्त हुने गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update