Public Pana
राजसंस्थासगै प्रदेश खारेजी माग गदैै  आन्दोलन गर्ने राप्रपा केन्द्रिय समितिको निर्णय

काठमाडौ-  राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राजसंस्था र  प्रदेशको संरचना खारेजीको माग गर्दै आन्दोलन गर्ने निर्णय केन्द्रिय समितिको वैठकवाट अनुमोदन गरेको छ।

मंगलवार बसेको केन्द्रिय समितिको वैठकपछि जारी विज्ञप्तिमा  यीसगै  सर्वधर्म सद्भाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापनाको माग पनि अघि वढाउने भनिएको छ। 
राप्रपाले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।  आन्दोलनको तयारीका लागि पुष, माघमा देशैभर व्यापक सभा गरिने र फागुन महिनामा मेची महाकाली एकता यात्रा गर्ने निर्णय गरेको छ। त्यसपछि उपत्यका केन्द्रित प्रदर्शन गर्दै आन्दोलनका कार्यक्रम शुरु हुने राप्रपाले जनाएको छ। 
यस्तै आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवम् देशभित्र र देशबाहिर रहेका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सहभागी हुन पनि राप्रपाले आग्रह गरेको छ । बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलनको मूल समितिसहित चार वटा समिति गठन गरेको छ । आवश्यक अनुसार अन्य समिति बनाउने पनि निर्णय गरेको छ । राप्रपाको पुस १ देखि ३ गतेसम्म केन्द्रीय समितिको बैठक बसेको थियो । 

 

1

2

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update