Public Pana
आईपीएलमा जोशेफलाई बेंगलोर दिने भयो १८ करोड

रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा वेस्टइन्डिजका तीव्र गतिका बलिङ अलराउन्डर अल्जारी जोशेफलाई ११ करोड ५० लाख भारु ( १८ करोड नेपाली रुपैयाँ) मा किनेको छ ।

न्यूनतम मूल्य २ करोड राखेका जोशेफलाई सुरुवातमा चेन्नई र दिल्लीबीच प्रतिस्पर्धा भएको थियो । त्यसपछि लखनऊ ३ करोड २० लाखबाट मूल्य लगाउन सुरु गरेको थियो ।

बेंगलोरले ६ करोड ८० लाखबाट मूल्य लगाउन सुरु गरेको थियो । लखनऊ र बेंगलोरबीच प्रतिस्पर्धा हुँदा उनले महँगो मूल्य पाएका हुन् ।

२०१९ मा जोशेफले मुम्बई इन्डियन्सबाट आइपिएलमा डेब्यू गर्दै हैदराबादविरुद्ध ६ विकेट लिएका थिए । उनले तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्ने गर्दछन् । त्यसैको कारण बेंगलोरले उनलाई महँगो मूल्य खर्चिएको हो ।
चेन्नई सुपर किंग्ले न्युजिल्यान्डका डर्याल मिचेललाई १४ करोड भारुमा किनेको छ । त्यस्तै उमेश यादवलाई गुजरातले ५ करोड ८० लाख भारुमा किनेको छ । चेतन सकारियालाई कोलकाताले ५० लाख भारुमा किनेको छ ।


चेन्नईले न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्रलाई १ करोड ८० लाख भारुमा किनेको थियो । भारतीय तीव्र गतिका बलर हर्षल पटेल ११ करोड ७५ लाख भारु(झन्डै १९ करोड नेपाली रुपैयाँ) मा पन्जाब किंग्स पुगेका छन् ।


सनराइजर्स हैदराबादले प्याट कमिन्सलाई आइपिएल इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारु( झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको छ ।


यो आइपिएल अक्सनमा पाएको सर्वाधिक मूल्य हो । यसअघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो ।


अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख न्यूनतम मूल्यमा किनेको छ ।

चेन्नई सुपर किंग्सले न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्रलाई १ करोड ८० लाख भारु र भारतीय अलराउन्डर शार्दुल ठाकुरलाई ४ करोड भारुमा किनेको छ ।

मुम्बई इन्डियन्सले दक्षिण अफ्रिकाका तीव्र गतिका बलर जेराल्ड कोट्जीलाई ५ करोड भारुमा किनेको छ ।
वानिन्दु हसरंगा न्यूनतम १ करोड ५० लाख भारु हैदराबाद पुगेका छन् ।

ट्रविस हेड ६ करोड ८० लाख भारुमा सनराइजर्स हैदराबाद पुगेका छन् । वेस्ट इन्डिजका आक्रामक ब्याटर रोभम्यान पावेललाई राजस्थान रोयल्सले ७ करोड ४० लाख भारुमा किनेको छ ।

इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुक ४ करोड भारुमा दिल्ली पुगेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update