Public Pana
प्याट कमिन्स बने आईपीएल इतिहासकै महँगा खेलाडी, २० कराेड ५० लाख भारुमा हैदराबादमा अनुबन्ध

एजेन्सी- अस्ट्रेलिया क्रिकेट टिमका कप्तान तथा अलराउन्डर प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् ।

यूएईकाे दुबईमा चलिरहेकाे आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० कराेड ५० लाख भारुमा अनुबन्ध गरेकाे हाे । यसअघि इङ्ग्ल्यान्डका युवा अलराउन्डर साम करन सर्वाधिक महँगा खेलाडी थिए । गएकाे वर्षकाे मिनी अक्शनमा उनलाई पन्जाब किङ्ग्सले १८ कराेड ५० लाख भारुमा अनुबन्ध गरेकाे थियाे ।

कमिन्सलाई अनुबन्ध गर्नका लागि हैदराबाद र राेयल च्यालेन्जर्स बेङ्ग्लाेरबीच प्रतिस्पर्धा भए पनि अन्तिममा हैदराबादले कीर्तिमानी मूल्यमा अनुबन्ध गर्‍याे ।

कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकप जिताउने कप्तान पनि हुन् । फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलिया छैटाैँ पटक च्याम्पियन बनेकाे थियाे ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update