Public Pana
शेयर बजारमा अर्ध दशककै ठूलो हरियाली 

लगातार छैटौँ दिन आज मङ्गलवार पनि शेयर बजार बढेर हरियाली भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ९८ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव ४८ विन्दुमा पुगेको छ ।
नेप्से गएको साउनयता पहिलो पटक २१ सय विन्दुभन्दा माथि पुगेको हो ।

आज सबै समूहको शेयर उकालो लागेकोमा उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

समग्रमा बजार बढेको दिन आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको शेयर भने सात प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज बजार बढे पनि कारोबार रकम भने हिजो सोमवारभन्दा घटेको छ ।

आज एक करोड ६४ लाख कित्ता शेयर पाँच अर्ब ९८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको ३७ करोड ४३ लाख र सोल्टी होटलको शेयर २८ करोड ७३ लाख रुपैयाँमा किनबेच भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update