Public Pana
न्यायाधीशद्वय पोखरेल र आचार्य सम्मानित

उत्कृष्ट घोषित भएका दुई न्यायाधीश सम्मानित भएका छन् ।

उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेल र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य सम्मानित भएका हुन् ।

न्याय परिषद् दिवस, २०८० को अवसरमा प्रधान न्यायाधीश विश्वम्भर श्रेष्ठले मंगलबार उनीहरूलाई सम्मान गरेका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update