Public Pana
भैसेपार्टीमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाइएको सरकारी निवास परिसरमा आगलागी

सरकारले हालै निर्माण गरेको ललितपुरको भैंसेपाटीस्थित मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको क्वाटर परिसरमा आगलागी भएको छ । 

मङ्गलबार मध्याह्न उक्त भिआइपी क्वाटर परिसरमा बनाइएको कामदार बस्ने टहरामा  आगलागी भएको हो । आगो अन्यत्र फैलिन नपाएको र समयमै आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कुनैपनि मानवीय क्षति नभएको र रङ्गरोगन गर्न राखिएका कलर बाल्टिन र तारहरु आगालागीमा जलेको भैसेपाटी प्रहरीले जनाएको छ ।

आगलागीबाट टहरामा रहेका कामदारका लुगा समेत जलेको प्रहरीको भनाई छ ।  
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update