Public Pana
राजा ल्याउन फागुनदेखि आन्दोलन गर्ने राप्रपाको निर्णय, कुनै पनि  सरकारमा सहभागी नहुने  

काठमाडौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनमा जाने निर्णय गरेको छ ।  केन्द्रीय समिति बैठकसगै  मंगलबार बिहान बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो ।

एक पदाधिकारीका अनुसार एकमत रुपमा आन्दोलनमा जाने निर्णय गरेको छ ।  आन्दोलनमा जाने निर्णय केन्द्रीय समितिमा पेश गरिने अनि त्यहाँवाट अनुमोदन गरेपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने ती पदाधिकारीले बताए । त्यस्तै राप्रपा यो कार्यकालभरी सरकारमा जाने वाटो पनि सकिएको ती पदाधिकारीले बताए ।

तत्काल केन्द्र र प्रदेश सरकारमा राप्रपा सहभागी नहुने र राजतन्त्रको पक्षमा शशक्त आन्दोलन गर्ने निर्णय गरेको उनले बताए । कोसीमा सत्ता गठवन्धनको सरकारमा राप्रपाले सहयोग गर्दै सहभागी हुनसक्ने अनुमान गरिएको थियो ।

तर मंगलवारको वैठकपछि उक्त च्याप्टर क्लोज भएको छ । आन्दोलनका लागि पुस र माघमा आन्तरिक तयारी गर्ने अनि फागुनदेखि चरणबद्ध आन्दोलनमा जाने  उनले बताए । राप्रपाभित्र सरकारको सहभागिताबारे दुई लाइन रहँदै आएको छ ।

अध्यक्ष  राजेन्द्र लिङ्देन सरकारमा सहभागिताको विषयमा सफ्ट लाइनमा हुँदा महामन्त्री धवल शमशेर राणा भने आन्दोलनको पक्षमा  खत्रो उत्रदै आएका थिए । तर आजको  वैठकले सर्वसम्वत निर्णय गरेको हो । 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update