Public Pana
एकै दिन विशेष अदालतवाट  पाए १२ जनाले भ्रष्टाचार मुद्दामा सफाई 

विशेष अदाललतले  कृषि ज्ञान केन्द्र, कालिकोटका निमित्त कार्यालय प्रमुखसहित १२ जनालाई भ्रष्टाचार मुद्दामा सफाई दिएको छ। विशेष अदाललते सोमबार ६६ लाख बराबरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने प्रमाण नपुगेको भन्दै सफाईलाई सफाई दिने फैसला सुनाएको हो । 
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर , न्यायाधीशहरु राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई सफाई दिएको हो । 
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  २०७९ चैत ६ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 
कलिकोटको सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेडले उच्च प्रविधियुक्त नर्सरी स्थापनाको लागि उपलब्ध गराएको सरकारी अनुदानको पेश्की रकममा सम्झौता अनुसार काम नगरी हिनामिना गरेको दावी अभियोगपत्रमा गरिएको थियो । 
अख्तियारले कृषि ज्ञान केन्द्र, कालिकोट (हाल कृषि विकास कार्यालय, कालिकोट) का तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत , खाँडाचक्र नगरपालिकाका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका तत्कालीन सब–इन्जिनयर गुरूराज संज्यालले सभ्वाव्यता अध्ययन समेत नगरेको  दावी अभियोगपत्रमा गरेको थियो । 
उनीहरूले आवश्यक विद्युत आपूर्तिसमेत नभएको ठाउँमा हाइटेक नर्सरी सञ्चालन गर्न उपयुक्त छ भनेर सिफारिस गरेको अख्तियारको दावी थियो । 
हचुवाको भरमा लागत अनुमान तयार गरेको र हाइटेक नर्सरीको लागि खरिद गरिएका यन्त्र उपकरणहरूको मूल्यसमेत अत्याधिक रुपमा बढाएको अख्तियारले  दावी गरेपनि विशेषले दोषी ठहर गर्ने प्रमाण नपुगेको भनेको छ। 
अनुदान लिएर नर्सरी सञ्चालनमै नआएको अवस्थामा लिमिटेडबाट जडान भएका मालसामानहरूको अवलोकन तथा परीक्षण नै नगरी कार्य सम्पन्न प्रतिवेदन तयार गरेको अख्तियारको दावी थियो । सोही प्रतिवेदनको आधारमा उनीहरूले ६६ लाख ५० हजार भुक्तानी गरी भ्रष्टाचार गरेको  दावी अभियोगपत्रमा अख्तियारले गरेको थियो । 
त्यसैगरी मूल्याङ्कन तथा छनौट समितिका पदाधिकारीहरू हरिप्रसाद पण्डित, श्रीधर अधिकारी, दिपककुमार भण्डारी, हिरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा, होमनाथ लम्सालले हाइटेक नर्सरी स्थापना, सञ्चालन गर्न वास्तविक फिल्ड अध्ययन नगरेको अख्तियारको  दावी थियो । 

सिमनाथ कृषि विकास सहकारी संस्था, कालिकोटका अध्यक्ष कमलबहादुर शाही, कोषाध्यक्ष सुरेन्द्रबहादुर शाही र उक्त सहकारी संस्थाविरूद्ध पनि मुद्दा दायर गरिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update