Public Pana
चीनमा भूकम्पका कारण १०० जनाको मृत्यु

चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ ।

भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यमलाई उद्धृत गर्दै सीआईएनले जनाएको छ । 
समाचारमा जनाइएअनुसार उत्तर–पश्चिम गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । 

भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ।

उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको छ।

गत सेप्टेम्बरमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो।


 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update