
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आफू मातहतका विभाग, संस्थान र निकायका प्रमुखलाई सुदृढ पार्ने योजना बुझाउन भनेका छन्।
२४ घण्टाको समय दिएर मन्त्री रिजालले योजना सहितको खाका मन्त्रालयमा बुझाउनु भनेका छन्।
जनतासँग प्रत्यक्ष सरोकार रहेका र सरकारका तर्फबाट जनतालाई प्रदान गरिने प्रत्यक्ष सेवा प्रवाहसँग सम्बन्धमा सुधारको योजना मागेर उनले पत्र काटेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका विषयहरूको कार्यान्वयनको अवस्था र उक्त विषयलाई थप प्रभावकारी रुपमा सम्पादन गरी सरकार र जनताबीचको सम्बन्धलाई अझ सुदृढ पार्न योजना माग गरिएको पत्रमा उल्लेख छ।
गर्नुपर्ने सुधारको योजना सहितको खाका मिति पुस ३ गते भित्र प्रशासन शाखामा उपलब्ध गराउन भनिएको छ।
आजै सोमबार)यस्तो खाका माग गर्ने निर्णय गरेर मन्त्रीले पत्राचार गरेका हुन्।
पत्र -