Public Pana
मुग्लिन–पोखरा सडकखण्ड बलियो बनाउनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुग्लिन–पोखरा सडकखण्ड बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा रहेको एक्सन रुमबाट निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गर्दै सडकखण्ड उचित नभएकोमा चिन्ता व्यक्त गरे ।
आज सोमबार सिंहदरवारबाट प्रधानमन्त्रीले निर्माणाधीन २ सडक–खण्डको भर्चुअल निरीक्षण गरेका हुन्।

निरीक्षणपछि उनले भने, ‘हाम्रा परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति भएन। यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन। यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ।’

‘गिट्टी, बालुवा ढुङ्गा, विद्युतका सानातिना समस्याहरू समाधान गर्ने कुरा हाम्रो काबुमा छ, त्यो हाम्रो जिम्मेवारी पनि हो, ‘प्रधानमन्त्री दाहालले भने, ‘फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुप¥यो समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ। दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ।’

‘अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्छ। तोकिएको समयमा नै काम सकिनुपर्छ। यी कारणले काम भएन भन्न पाइने छैन, प्रधानमन्त्रीले भने, ‘यी दुई प्रजेक्ट महत्त्वपूर्ण छन्। समयमै सकिनुपर्छ। म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु।’

‘यो काम गर्ने अन्तिम अवसर हो। सबैले एक पटक अवसर लिऔँ। अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन। राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ। यसका लागि गम्भीर गृहकार्य गरौँ,’प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update