Public Pana
सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको सुुनवाई सकियो अनुमोदन वुधबार गरिने 

सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरिएका ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रवारबाट सुरु भएको संसदीय सुनुवाइ सोमबार सकिएको हो । 

सोमबार कानुन व्यवसायीवाट सिफारिस भएका बरिष्ठ अधिवक्ताद्धय सुनिलकुमार पोखरेल र वालकृष्ण  ढकालको नाममा सुनुवाई भएको थियो । उनीहरुको सुनुवाई पछि आजै अनुमोदन गरिने अभ्यास भएपछि यस पटक सुनुवाई समितिले निर्णय गर्न समय लगाएको हो ।

उनीहरुको सुनुवाईपछि थप छलफल गरेर अनुमोदन गर्ने अभ्यास यस पटक देखि संसदिय सुनुवाई समितिले शुरु गरेको हो । 

सुनुवाई समितिको सभापतिको जिम्मेबारी सम्हालेका राप्रपाका पशुपति शमशेर राणाले वुधबारवाट निर्णय गर्ने भनेपछि समिति सहमत भएको हो ।  

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना तथा कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । सो सिफारिसमाथि संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएको थियो । 
संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी भएमा उजुरी दिन आव्हानसमेत गरेको थियो । समितिको सूचनाअनुसार प्रस्तावित न्यायाधीशमध्ये सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाविरुद्ध उजुरी परेको थियो भने महेश शर्मा पौडेल, सुनिल पोखरेल र बालकृष्ण ढकालविरुद्ध कुनै पनि उजुरी परेको थिएन । 

सोमबार संसदीय सुनुवाइ सकिएपछि बुधवार बिहान ११ बजे प्रस्तावित न्यायाधीशका सम्बन्धमा निर्णय गरिने संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ । उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा राष्ट्रपतिबाट शपथ लिई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज गर्न पाउनेछन् ।


 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update