Public Pana
त्रि.वि.को समारोहमा एकैपटक १२ हजारभन्दा धेरै विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम गरेको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा गिनिज बुक अफ वल्र्ड रेकर्डले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो ।


यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुषाललाई विश्व रेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ ।


आजको दीक्षान्त समारोह अवलोकन गर्न गिनिज बुक अफ वर्ल्ड रेकर्ड का प्रतिनिधि नेपाल आएका छन् ।
ti-11702890020.jpg

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update