Public Pana
पछिल्लो समय शेयर कारोबारमा हरियो चिन्ह्, दोश्रो दिनमै दोहोरो अंकले सुधार

शेयर कारोबार मापक नेप्से परिसुचक साताको दोश्रो दिन आज सोमवार पनि दोहोरो अङ्कले बढेको छ ।

पछिल्ला केही दिनदेखि लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव १४ अङ्कले बढेर दुई हजार ६० दशमलव ४९ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् बाहेक सबै समूहको शेयर बढेको छ । माइक्रोफाइनान्स समूहको शेयरमा हरियाली छाएको छ । आज बोटलर्स नेपाल, सूर्योज्योति लाइफ, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, वीपीडब्ल्यू लघुवित्त, नरुडे लघुवित्त, धौलागिरि लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

समग्रमा बजार बढेको दिन आज हिमालयन पावर पार्टनर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै आठ प्रतिशतले ओरालो लागेको छ ।

आज छ महिनायताकै उच्च कारोबार भएको छ । आज दुई करोड १४ लाख कित्ता शेयर छ अर्ब ८६ करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

गएको असार १० गतेयता छ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको आज पहिलो पटक हो । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २६ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

साताको दोस्रो कारोबार दिन सोमबार हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो दिन नियमित सत्रदेखि नै उक्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।  उक्त कम्पनीको सेयर कारोबार दोस्रो बजारमा गत असोज २४ गतेदेखि भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update