Public Pana
अत्याधुनिक क्षेप्यास्त्र उत्तर कोरियाद्धारा प्रहार

उत्तर कोरियाले सबैभन्दा आधुनिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन्।

सो मुलुकले ठोस इन्धनबाट चल्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो। सो क्षेप्यास्त्र जापानको होक्काइदो टापुभन्दा पश्चिममा समुद्रमा खसेको जनाइएको छ।

सोमबार बिहान राजधानी प्योङयाङ क्षेत्रबाट ८ः२४ मा प्रहार गरेको सो क्षेप्यास्त्र ७३ मिनेट आकासमा रहेको थियो। सो क्रममा १ हजार किलोमिटर दुरी पार गरेको थियो।

गत साता दक्षिण कोरियाली र अमेरिकी रक्षा अधिकारीहरुको बैठकमा उत्तर कोरियाबाट आणविक आक्रमण भए कसरी प्रतिकार गर्ने भन्ने योजना अद्यावधिक गर्न बैठक बसेको थियो। 

त्यसको जवाफमा अझ आक्रामक प्रतिकार्य गर्ने उत्तर कोरियाले जनाएको थियो।

यो यस वर्ष उत्तर कोरियाले गरेको पाँचौँ सफल अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेण हो। 

पछिल्लो समय उत्तर कोरियाले राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै जासुसी स्याटलाइट अन्तरिक्षमा पठाएको थियो। त्यसको जवाफमा दक्षिण कोरियाले सीमा क्षेत्रमा सैन्य गतिविधि घटाउन गरिएको सम्झौता आंशिक निलम्बन गरेको थियो।
त्यसको पनि जवाफमा उत्तर कोरियाले त्यो सिंगो सम्झौताबाटै हात झिकेको थियो। 
 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update