
नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन दिएका १९ जनामध्ये सर्ट लिस्टमा ५ जना छनोट भएका छन्।
सर्ट लिस्टमा परेका ५ जनाको अन्तर्वार्ता यही बुधबार हुने भएको छ। सर्ट लिस्टमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त (भट्ट) चयन भएका छन्।
पौडेल र पाण्डेयको अन्तर्वार्ता पुस ४ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ।
गौतम, पौडेल र भट्टको भने बुधबार दिउँसो ४ देखि ७ बजेसम्म हुनेछ। बैंकले असोज २१ गते सीईओका लागि आवेदन माग गरेको छ।
नेपाल बैंकको सीईओ बन्न १९ जनाले आवेदन दिएका थिए। आवेदन दिएका १९ जनामध्ये सर्ट लिस्टमा ५ जना छनोट भएका भएका हुन्।
नेपाल बैंकको सीईओको लागि असोज २१ गते सार्वजनिक सूचना प्रकाशित गरेर सीईओका लागि आवेदन मागेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए।
आवेदन दिएका अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त , राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसि, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलक राज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्य हुन्।