Public Pana
सुदुरपश्चिम प्रदेश महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो

सुदुरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढी महोत्सवमा पल शाहको ब्रासलेट हराएको छ ।

महोत्सवमा प्रस्तुति दिइरहेका बेला शनिवार शाहको करिब ३ तोला बरावरका सुनको ब्रासलेट हराएको हो ।

ब्रासलेट खोज्न सिसिटिभी हेरिए पनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले जानकारी दिए ।

उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन।

तर, शाहले ब्रासलेट हराएकोमा कुनै गुनासो नगरेको कुँवरले बताए ।

‘महोत्सवमा त्यो दिन एक लाख बढी दर्शक थिए । त्यही दिन हराएको हो त्यसमा उहाँको कुनै गुनासो छैन’ कुँवरले भने ।
 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update