Public Pana
चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला - सूचना सहित

नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुला गरेको छ ।


काउन्सिलले चिकित्सकको ६८औँ लाइसेन्स परीक्षा अन्तर्गत आगामी माघमा हुने परीक्षाका लागि आजदेखि आवेदन खुला गरेको हो ।

उक्त परीक्षामा सहभागी हुन भहबm.लmअ.यचन.लउ मा दिइएको निर्देशन बमोजिम अनलाइन आवेदन फारम भरी बुझाउन काउन्सिलले अनुरोध गरेको छ । 

आवेदन आज देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्कसहित बुझाउन सकिने व्यवस्था रहेको छ ।

अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला रहने काउन्सिलले जनाएको छ ।

परीक्षा माघ १७ देखि १९ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुरमा कम्प्युटर प्रविधिबाट हुनेछ ।

सूचना :

notice1702861187.png

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update