Public Pana
सर्वोच्चले  मुद्दा  ब्यूताएपछि पल शाह फेरी  थुनामा  बस्नुपर्छ कि पर्दैन ? 

सर्वोच्च अदालतले मंसिर २२(शुक्रवार ) न्यायाधीशद्धय सुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दोहोराई पाउ भनि दायर भएको एक निवेदनमा आदेश गर्यो।

उक्त आदेशसगै रंगक्षेत्र फेरी चर्चामा आएका छन् । अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहको मुद्दा उक्त आदेशसगै पून शुरु भएको छ। 
जिल्ला र उच्च अदालतवाट सफाई पाएर ढुक्क भएका पल शाह फेरी कानुन व्यवसायी खोज्ने दौडमा लागेका छन् । उनले केही दिनदेखि कानुन व्यवसायीसँग कसरी अघि वढ्ने भनि छलफल गरिरहेका छन् । अवको पेशीमा कानुन व्यवसायी लिएर उपस्थित हुनुपर्ने भएकाले उनले आवश्यक परामर्श थालेका छन् ।

शुक्रवारको सुनुवाईमा सरकारी पक्षले एकल रुपमा वहस गरेर निस्सा प्रदान गर्ने आदेश गरेसगै शाहको तनाव वढेको छ। 
पल शाहको जबरजस्ती करणी  मुद्दामा सफाई हुने सुरुमा जिल्ला अदालत र पछि पुनरावेदन परेको उच्च अदालत पोखराको फैसला नमिलेको भन्दै सरकारी पक्ष दोहोर्याइ पाऊँ भन्दै गत साउन ८ गते सर्वोच्च अदालत पुगेको थियो ।

जिल्ला र उच्च अदालतको फैसलामा प्रमाणको उचित मूल्याङ्कन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालय दोहोर्याएर हेर्ने निस्सा पाऊँ भन्दै सर्वोच्च अदालतमा निवेदन दिएको थियो । 

उच्चले सफाई दिएकोमा सर्वोच्चको  २ प्रश्न 
सर्वोच्चले शाहको मुद्दामा उच्च अदालत पोखराको अन्तिम फैसलामा केही प्रश्न उठाएको छ । 
शुक्रवार न्यायाधीशद्धय माथेमा र फुयाँलको इजलासले उच्चको फैसलामाथि मुख्य रुपमा व्याख्या र सिद्धान्तमाथि केही प्रश्न उठाएको छ। सर्वोच्चले पीडित नाबालक रहेको देखिएकाले पीडितको बकपत्र तथा प्रतिवादीको बयानका साथै  शारीरिक परिक्षण प्रतिवेदन,चिकित्सकको वकपत्र , पीडित र प्रतिवादी विचको अडियो रेकर्डको उचित मुल्याकन नभएको देखिएको सर्वाेच्चको आदेशमा भनिएको छ।  

Paul Shah Nissa

त्यस्तै  सर्वोच्चले प्रमाण ऐन २०३१ मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटी र सर्वोच्चवाट भएको फैसलाले प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएको भनि आदेशमा टिप्पणी गरेको छ। सर्वाेच्चले यही आधारमा टेकेर निस्सा दिएकाले आगामी दिन यही प्रश्नभित्र रहेर फैसलाको वहस हुने छ।  

शाहको मुद्दा शुरुमा दुई अदालतमा दर्ता भएको थियो । पीडितको उमेर नावालिग रहेको भन्दै सहमतीमै सम्वन्ध कायम भएको दावी गरेपनि त्यो मुलुकी फौजदारी अपराध संहिताको नजरमा अपराध हुने भएकाले सजाय हुनुपर्ने जिकीर अभियोगपत्रमा गरिएको थियो ।

नवलपुर र कास्की जिल्ला अदालतमा शाह विरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला अदालत नवलपुरले जबरजस्ती करणीको मुद्दाबाट सफाइ दिई बाल यौन दुरुपयोग ठहर गरेको थियो । तनहुँ जिल्ला अदालतले सवै अभियोगमा सफाई दिएको थियो । नवलपुरले दोषी ठहर गरेपछि शाह उच्च अदालत पोखरा पुगेका थिए । उच्चले समग्र सवै अभियोगमा सफाई दियो । यसरी समग्रमा सफाई दिएपछि सरकारी वकिल कार्यालय पुनरावेदनको निवेदन लिएर सर्वोच्चसम्म आएको हो 

जिल्ला अदालत र उच्च अदालत पोखराले प्रमाणको उचित मूल्याङ्कन नगरी पीडित होस्टाइल भएकै कारण सफाइ दिएको नमिलेको भन्दै उक्त मुद्दालाई दोहोराएर हेरिपाउनुपर्ने महान्यायाधिवक्ता कार्यालयको जिकिर छ । गत साउन ८ गते सर्वोच्च अदालतमा महान्यायाधिवक्ता कार्यालयको तर्फबाट सर्वोच्चमा निवेदन दर्ता भएको थियो ।


सो निवेदन मङ्सिर २२ गतेको पेशीमा चढेको थियो । पेशीमा चढेको दिन नै सर्वोच्चका न्यायाधीशद्वय माथेमा र फुयाँलको संयुक्त इजलासले दोहोर्याएर हेर्ने निस्सा प्रदान गरेको हो ।  निस्सा प्राप्त भएसँगै अब यो मुद्दाको पुनरावेदनको रूपमा सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ । पुनरावेदनको निस्सा दिने न्यायाधीशहरुले भने यो मुद्दामा फरक पर्न सक्ने आदेश दिएकाले उनीहरूले हेर्न मिल्दैन ।

के हो  पल शाह र   गायिका बलत्कार प्रकरण ?
अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहले आफूमाथि बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले सुरुमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ता गराइन् । उनले आफ्नो परिवार मार्फत जाहेरी दिएकी थिइन् ।

पीडित भनिएकी गायिकाको परिवारको तर्फबाट २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि पल शाहले फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान गरी २०७८ चैत ८ गते तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गरेको थियो ।

पछि पीडित नाबालिगले आफूमाथि नवलपुर जिल्ला अदालतमा पनि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरमा पनि जाहेरी दिएपछि प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले नवलपुर जिल्ला अदालतमा पनि शाहविरुद्ध मुद्दा दर्ता गरेको थियो । 

मुद्दा दर्ता भएपछि सुरुमा दुवै जिल्ला अदालतले पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । मुद्दाको अन्तिम फैसला हुदाँसम्म पीडित भनिएकी नाबालिगले आफूमाथि बलात्कार नभएको र अरूको उक्साहटमा जाहेरी दिएको बयान दिइन् । पीडित ‘होस्टाइल’ भएपछि मुद्दा नै अर्कोतिर पुग्यो ।  

यही आधारमा टेकेर दुवै अदालतले बलत्कारमा सफाई दिए ।  
नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले भने केही प्रश्न उठाएर साढे २ वर्ष कैद र २५ हजार जरिवानाको रुपमा सांकेतिक सजाय सुनाए । तर तनहुँ जिल्ला अदालतले भने पूर्ण रुपमा सफाई दिने फैसला सुनायो । 
२०७९ फागुन १४ गते कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले बालयौन दुरुपयोग ठहर गरेको नवलपुर जिल्ला अदालतको फैसला उल्टी गर्दै अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दियो । उनी यो सगै सवै अभियोगवाट मुक्त भए । 

सर्वोच्च अदालतले यो मुद्दालाई दोहो¥याएर हेर्ने निस्सा प्रदान गरेसँगै अब यस मुद्दाको छिनोफानो सर्वोच्च अदालतबाटै हुनेछ । तत्कालका लागि पल शाह थुनामै जानुपर्ने अवस्था त छैन, तर यो मुद्दा सर्वोच्च अदालत आइपुगेको कारण सर्वोच्च अदालतले पनि उच्च अदालतकै फैसला सदर गर्छ कि दोषी ठहर गर्छ भन्ने कुरा भने फैसलापछि मात्रै थाहा हुनेछ । यो मुद्दामा अदालतले आवश्यक देखेमा थप प्रमाण बुझ्न आदेश गर्ने, पुनः बकपत्र गराउने लगायतका काम गर्न सक्नेछ ।

सर्वोच्च अदालतले उच्च अदालतको फैसला उल्टाएर शाहलाई दोषी ठहर गरेमा उनी प्रहरी हिरासत र जेलमा बसेको समय घटाएर बाँकी समय जेलमा बस्नुपर्ने हुन सक्नेछ ।

वारदात भएको भनिएको समयमा पीडित भनिएकी नाबालिकाको उमेर १४ वर्षभन्दा बढी र १६ वर्षभन्दा कम रहेको कारण कसुर ठहर भएमा शाहलाई १२ देखि १४ वर्षसम्मको कैद सजाय हुनेछ । उक्त सजायमा उनी जेलमा बसेको समय घटाएर बाँकी कैद भुक्तान गर्नुपर्नेछ ।


 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update