Public Pana
बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

बाजुराको बडिमालिका नगरपालिकाको खडिगाडमा ट्रयाक्टर दुर्घटना हुँदा तीजनाको मृत्यु भएको छ ।

सदरमुकाम मार्तडीबाट आज आइतबार साँझ गौमुलतिर जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । ट्रयाक्टर चालकको उद्धार भइरहेको स्थानीयले बताएका छन् ।

घर निर्माणमा प्रयोग हुने सामान ओसार्न प्रयोग गरिएको ट्याक्टर अर्को साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update