Public Pana
बंगलादेशले जित्यो एसिया कपको उपाधि

काठमाडाै -बंगलादेशले एसीसी यू-१९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा यूएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले पहिलो पटक एसिया कपको उपाधि जितेको छ।

जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको यूएई २४.५ ओभरमा ८७ रनमा अल आउट भएको थियो। यूएईका ध्रुव पराशरले ३९ बलमा २ चौकासहित सर्वाधिक २४ रन बनाए। पाकिस्तानलाई पराजित गरेर फाइलन पुगेको यूएईले राम्रो प्रदर्शन गर्न नसकेपछि उपविजेतामा सीमित हुन परेको हो।  

यूएईका ९ खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन्। बंगलादेशको जितमा मरुफ मरिधा र रोहनात बोस्रनले तीन तीन विकेट लिए। इकबाल हुसेन एमोन र शेख जिवनले समान दुई विकेट लिए। 

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो। बंगलादेशको जितमा ओपनर आशिकुर रहमानले १ सय ४९ बलमा १२ चौका र १ छक्कासहित १ सय २९ रनको शतकीय इनिङ खेलेका थिए। 

मोहम्मद रिजवानले ७१ बलमा ४ चौका र १ छक्कासहित ६० रनको योगदान दिए। रिजवान र रहमानले दोस्रो विकेटका लागि १ सय २५ रनको शतकीय साझेदारी गरेका थिए। अरिफुल इस्लामले ४० बलमा ६ चौकासहित ५० रन बनाए। तेस्रो विकेटका लागि इस्लाम र रहमानले ८६ रनको साझेदारी गरेका थिए।

 

यूएईका तीव्र गतिका बलर आयमान अहमदले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए। ओमैद रहमानले १० ओभरमा ४१ रन खर्चेर २ विकेट लिए।

आयन खान र ध्रुव पराशरले एक एक विकेट लिए। सेमिफाइनलमा यूएईले पाकिस्तानलाई तथा बंगलादेशले भारतलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update