Public Pana
यी हुन् मन्त्रिपरिषद्‌का १६ निर्णय - सूची सहित

सरकारले हात-हतियार खरखजाना नियमावली १२औं संशोधन, २०८० स्वीकृत गर्ने सहित १६ वटा निर्णय गरेको छ। 

मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्‌का निर्णयहरुको जानकारी दिएकी हुन्। 

त्यस्तै मन्त्रिपरिषद्‌ले परराष्ट्र मन्त्रालयमा रिक्त सचिव पदमा सेवा लम्साललाई नियुक्त गर्ने र नेपाली सेनाका उपरथि अशोकराज सिग्देललाई रथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ।  
नेपाली सेनाका सहायक रथी सन्तोषवल्लभ पौडेललाई उपरथि दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्‌ले गरेको छ।

यसैबीच सूचना प्रविधिमन्त्री शर्माले मन्त्रिपरिषद् हेरफेर हुने विषयमा अहिले कुनै छलफल नभएको बताएकी छिन्। 

बाहिर चर्चा भएजस्तो अहिले मन्त्रिपरिषद्को सेट नै परिवर्तन गर्नेगरी कुनै छलफल नभएको बताउँदै उनले आवश्यक्ता अनुसार केही परिवर्तन हुनसक्ने संकेत पनि गरिन्। 

‘मन्त्रिपरिषद् हेरफेर वा सेट नै चेन्ज गर्ने विषयमा कुनै कुरा भएको छैन। आवश्यक्ता अनुसार हुनै सक्दैन भन्ने होइन,’ मन्त्री शर्माले भनिन्, ‘अहिलेको सन्दर्भमा त्यस्तो कुनै छलफल भएको छैन। 
त्यसकारण अहिले मन्त्रि हेरफेर हुन्छ कि हुँदैन कि भन्ने कुरामा कुनै कुरा भएको छैन।’

सूची :

393095174_1101441984194076_344690300516487952_n-1702814781.png

 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update